कांग्रेसले जित्यो छायाँनाथ रारा

मुगु – मुगुको छायाँनाथ रारा नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । पालिका प्रमुखमा विष्णुकुमार भाम निर्वाचित भएका छन् । भामले चार हजार पाँच सय ९९ मत पाए ।

निकटतम प्रतिस्पर्धी नेकमा एमालेका उम्मेदवार डम्बर रावलले तीन हजार आठ सय ६० मत पाएका छन् ।

उपप्रमुखमा नेपाली कांग्रेसकै ऐश्‍वर्या मल्ल चार हजार तीन सय २५ सय मत पाएर विजयी भएकी छिन् । एमालेका टोमा लामाले तीन हजार सात सय १७ मत पाएकी पाइन् । ।

१४ वडा रहेको नगरपालिकामा ६ वटा कांग्रेसले जित्दा सात वटामा एमाले र एउटामा नेकपा एकीकृत समाजवादीले जितेको छ ।

प्रकाशित मितिः   ३ जेष्ठ २०७९, मंगलवार १५:०८