चिङ्गाडमा एमालेको जित

सुर्खेत – चिङ्गाड गाउँपालिकामा नेकपा (एमाले)ले जित हात पारेको छ । पालिका अध्यक्षमा एमालेका बोधविक्रम जिसी विजयी भएका छन् । उनले तीन हजार पाँच सय ९१ मत प्राप्त गरे ।

नेपाली कांग्रेसका डोरप्रसाद शर्माले तीन हजार पाँच सय ५० मत पाए ।

यस्तै, पालिका उपाध्यक्षमा एमालेकै मीनाकुमारी रोकाया निर्वाचित भएकी छिन् । पालिकाका ६ मध्ये तीन वडा एमालेले जित्दा तीन वटामा कांग्रेसले जितेको छ ।

प्रकाशित मितिः   ३ जेष्ठ २०७९, मंगलवार १४:५८