रुकुम पश्चिमको त्रिवेणीमा माओवादी विजयी
रुकुम पश्चिम – त्रिवेणी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)ले जितेको छ । अध्यक्षमा गणेशकुमार केसी र उपाध्यक्षमा राजकुमारी रेउले विजयी भएका हुन् ।
अध्यक्षमा निर्वाचित केसीले पाँच हजार एक सय २९ मत पाए । नेपाली कांग्रेसका अमरसिङ खड्काले चार हजार दुई सय ९३ मत पाएका हुन् ।
उपाध्यक्षमा निर्वाचित रेउले पाँच हजार एक सय ४३ मत पाइन् । कांग्रेसकी सृष्टि बाँठाले चार हजार तीन सय १३ मत पाएकी छिन् ।
१० वडा रहेको त्रिवेणीमा माओवादी केन्द्रले पाँच र कांग्रेसले चार वडा जित्दा एउटा वडामा स्वतन्त्रको प्यानल विजयी भएको छ ।
प्रकाशित मितिः ३ जेष्ठ २०७९, मंगलवार १५:३१
साझा बिसौनी ।