नलगाडमा माओवादी-कांग्रेस गठबन्धनको जित
जाजरकोट : जाजरकोटको नलगाड नगरपालिका प्रमुखमा नेकपा (माओवादी केन्द्र)का डम्बरबहादुर रावत निर्वाचित भएका छन् । रावतले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार धर्मबहादुर शाहीलाई एक हजार नौ सय ७३ मत अन्तरले पराजित गरेका हुन् ।
रावतले पाँच हजार पाँच सय ९९ मत प्राप्त गर्दा शाहीले तीन हजार ६ सय २६ मत प्राप्त गरे ।
यस्तै उपप्रमुखमा नेपाली कांग्रेसकी सुरिता सिंहले पाँच हजार चार सय ६ मत प्राप्त गरी विजयी भइन् । नलगाड नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले चुनावी तालमेल गरेका थिए ।
प्रकाशित मितिः ३ जेष्ठ २०७९, मंगलवार ११:०२
साझा बिसौनी ।