सिंजामा माओवादी विजयी

जुम्ला : सिंजा गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का पूर्णप्रसाद धिताल विजयी भएका छन्।

धितालले एक हजार नौ सय ४९ मत पाएर अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका नन्दराम बुढाले एक हजार आठ सय ३१ मत ल्याएका छन्।

त्यस्तै उपाध्यक्षमा पनि माओवादीकी सितला राेकाया विजयी भएकी छन्। उनले एक हजार नौ सय ५६ मत पाइन् ।

प्रकाशित मितिः   ३ जेष्ठ २०७९, मंगलवार १०:४८