सिमकोटमा माओवादी-कांग्रेस गठबन्धनको जित

हुम्ला : सिमकोट गाउँपालिकामा नेकपा(माओवादी केन्द्र) र नेपाली कांग्रेसको गठबन्धन विजयी भएको छ । अध्यक्षमा माओवादीका विजय भण्डारी निर्वाचित भएका छन् । उनले दुई हजार आठ सय ८२ मत प्राप्त गरे ।

एमालेका महेन्द्रबहादुर शाहीले एक हजार चार सय ५७ मत पाए ।

उपाध्यक्षमा नेपाली कांग्रेसका सुशीला भाम रोकायले दुई हजार चार सय ४७ मत पाएर विजयी भइन् ।

प्रकाशित मितिः   ३ जेष्ठ २०७९, मंगलवार १०:०८