नारायण नगरपालिकामा एमालेको जित
दैलेख : नारायण नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै एमालेका उम्मेदवारहरू विजयी भएका छन् । नगरप्रमुखमा पाँच हजार चार सय ३६ मत प्राप्त गर्दै एमालेका लोमन शर्मा विजयी भएका छन् । गठबन्धनबाट काँग्रेसका निर्मलाकुमारी खड्का (थापा)ले पाँच हजार तीन सय ५७ मत प्राप्त गरेकी छन् ।
उपप्रमुखमा पनि एमालेकै तप्ताकुमारी थापाले पाँच हजार ६ सय ७३ मत ल्याएर विजयी भइन् । गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा एकीकृत समाजवादीकी सावित्री मल्ल पराजित हुन पुगिन् हुन् । मल्लले तीन हजार आठ सय ३८ मत प्राप्त गरेकी छन् ।
प्रकाशित मितिः ३ जेष्ठ २०७९, मंगलवार १०:००
साझा बिसौनी ।