शिवालयको अध्यक्षमा कांग्रेसको जित
जाजरकोट – शिवालय गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका शेरबहादुर शाही विजयी भएका छन् । उनले तीन हजार तीन सय तीन मत पाए । उनका प्रतिस्पर्धी एमालेका रंगनाथ योगीले दुई हजार सात सय १८ मत ल्याए ।
उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का गिता शाही निर्वाचित भएकी छिन् । उनले दुई हजार ६ सय ५९ मत पाइन् । एमालेकी नैनसरा शाहीले दुई हजार चार सय २९ मत ल्याइन् ।
शिवालयमा कांग्रेस र माओवादीले गठबन्धन गरेका थिए ।
प्रकाशित मितिः ३ जेष्ठ २०७९, मंगलवार ०८:१४
साझा बिसौनी ।