बाँफिकोटमा कांग्रेस विजयी
रुकुम पश्चिम : बाँफिकोट गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार जनककुमार बाँठामगर विजयी भएका छन् । उनले चार हजार चार सय ५५ मत पाएर विजयी भएका हुन् ।
प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका चन्द्रबहादुर केसीले चार हजार चार सय २४ मत ल्याए ।
उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार तारा बुढा केसीले चार हजार पाँच सय ६० मत प्राप्त गरेर विजयी भइन । कांग्रेसकी नन्दकुमारी केसी नाथले चा हजार एक सय ६० मत प्राप्त गरिन् ।
१० वडा रहेको बाँफिकोट गाउँपालिकामा आठ वटा वडामा नेकपा माओवादी केन्द्र र दुई वटा वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
प्रकाशित मितिः ३ जेष्ठ २०७९, मंगलवार ०७:४७
साझा बिसौनी ।