शुभकालिकामा माओवादी केन्द्र विजयी

कालिकोट – कालीकोटको शुभकालिका गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसको गठबन्धन विजयी भएको छ । पालिका अध्यक्षमा निर्वाचित माओवादी केन्द्रका गोविन्दप्रसाद आचार्यले दुई हजार चार सय नौ मत पाए ।

एकीकृत समाजवादीका पुष्पराज आचार्य र एमालेका भरतराज धितालले समान एक हजार पाँच सय मत पाए ।

उपाध्यक्षमा गठबन्धनकोतर्फबाट कांग्रेसका धर्मा शाहीले दुई हजार ३४ मत ल्याएर विजयी भइन् ।

प्रकाशित मितिः   २ जेष्ठ २०७९, सोमबार २२:३२