कपुरकोटमा समाजवादीका दुर्गा पुन

सल्यान – सल्यानको कपुरकोट गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को गठबन्धन विजयी भएको छ । अध्यक्षमा एकीकृत समाजवादीकी दुर्गा पुन र उपाध्यक्षमा माओवादी केन्द्रका प्रकाश भरारी विजयी भएका हुन् ।

अध्यक्षमा निर्वाचित पुनले तीन हजार एक सय ६० मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका भीमबहादुर सेनले दुई हजार नौ सय ३६ मत ल्याएका छन् । उनी कपुरकोटका निवर्तमान अध्यक्ष हुन् ।

उपाध्यक्षमा विजयी भएका भरारीले तीन हजार दुई सय ४० मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी भीमा बुढाथोकीले दुई हजार सात सय ४५ मत पाइन् ।

प्रकाशित मितिः   २ जेष्ठ २०७९, सोमबार २२:२४