कर्णालीको नतिजा : अघिअघि कांग्रेस, पछ्याउँदै माओवादी

सुर्खेत – कर्णाली प्रदेशका २९ वटा स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । जसमा नेपाली कांग्रेसले १२ पालिका प्रमुख र १२ उपप्रमुखसहित शीर्षस्थानमा छ ।

कांग्रेसलाई नेकपा(माओवादी केन्द्र)ले पछ्याएको छ । सोमवार राति १२ बजेसम्मको नतिजाअनुसार माओवादीले नौ वटा पालिकाको प्रमुख र आठ वटामा उपप्रमुख जितेको छ ।

नेकपा (एकीकृत समाजवादी)ले चार पालिकाको प्रमुख र दुईमा उपप्रमुख जितेको छ भने नेकपा एमालेले अहिलेसम्म तीन पालिका प्रमुख र सात पालिकामा उपप्रमुख जित्न सफल भएको छ ।

कांग्रेसले जितेका पालिका प्रमुखहरु
१) खार्पुनाथ गाउँपालिका (हुम्ला)– कर्णबहादुर रावल
२) कुमाख गाउँपालिका (सल्यान)– मानबहादुर बुढाथोकी
३) त्रिवेणी गाउँपालिका (सल्यान)– खिमबहादुर रावत
४) भैरवी गाउँपालिका ( दैलेख)– रिताकुमारी शाही
५) कनकासुन्दरी गाउँपालिका(जुम्ला) – दामोदर आचार्य
६) महाबु गाउँपालिका(दैलेख) – लक्ष्मण गुरुङ
७) ठूलोभेरी नगरपालिका(डोल्पा) – स्वर्णबहादुर बुढा
८) हिमा गाउँपालिका(जुम्ला) – लक्ष्मण शाही
९) तिलागुफा नगरपालिका(कालिकोट)– शंकरप्रसाद उपाध्याय
१०) मुगूम कार्मारोङ गाउँपालिका (मुगु) – छिरिङ क्याप्ने लामा

११) सिद्धकुमाख गाउँपालिका(सल्यान) – भरत गिरी

१२) ठाटीकाँध गाउँपालिका(दैलेख)- रक्षबहादुर शाह

१३) कुशे गाउँपालिका (जाजरकोट) – हरिचन्द्र बस्नेत

माओवादीले जितेका पालिका प्रमुखहरु
१) जगदुल्ला गाउँपालिका (डोल्पा) – नारासिङ रोकाय
२) मुड्केचुला गाउँपालिका(डोल्पा) – दत्तबहादुर शाही
३) नौमुले गाउँपालिका (दैलेख) – छविराम सुवेदी
४) ताँजाकोट गाउँपालिका (हुम्ला)– लालकेश जैसी
५) सानीभेरी गाउँपालिका(रुकुम पश्चिम) – बिर्खबहादुर विष्ट
६) नाम्खा गाउँपालिका(हुम्ला) – प्रेमबहादुर लामा
७) पलाँता गाउँपालिका (कालिकोट) – विष्णुबहादुर रोकाया
८) भगवतिमाई गाउँपालिका(दैलेख) – गणेश थापा

९) शुभकालिका गाउँपालिका(कालिकोट)- गोविन्दप्रसाद आचार्य

 

एकीकृत समाजवादीले जितेका पालिका प्रमुखहरु
१) – काइके गाउँपालिका (डोल्पा)– अंगतकुमार राना (निर्विरोध)
२) – छार्काताङसोङ गाउँपालिका (डोल्पा)– सेनाङ गुरूङ (निर्विरोध)

३) खाँडाचक्र नगरपालिका (कालिकोट) – कमलबहादुर शाही (स्वतन्त्र चुनाव चिन्ह)

४) कपुरकोट गाउँपालिका (सल्यान)- दुर्गा पुन

एमालेले जितेका पालिका प्रमुखहरु
१) शेफोक्सुण्डो गाउँपालिका (डोल्पा)– धावा सम्डुङ गुरुङ(निर्विरोध)
२) गुराँस गाउँपालिका (दैलेख) – टोपबहादुर बिसी
३) डुङ्गेश्वर गाउँपालिका (दैलेख)– सुन्दरकुमार केसी

प्रकाशित मितिः   २ जेष्ठ २०७९, सोमबार २०:१६