सिद्धकुमाखमा कांग्रेसका गिरी विजयी

सल्यान – सिद्धकुमाख गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका भरत गिरी विजयी भएका छन् । उनले दुई हजार एक सय ७३ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार चित्रबहादुर चलाउनेले एक हजार सात सय ९८, एमालेका जीतबहादुर चलाउनेले एक हजार तीन सय ३५ मत ल्याए ।

यस्तै उपाध्यक्षमा माओवादी केन्द्रले जितेको छ । माओवादीका रामबहादुर बस्नेतले दुई हजार ३५ मत ल्याएका छन् ।

प्रकाशित मितिः   २ जेष्ठ २०७९, सोमबार २०:३६