मुगुम कार्मारोङमा कांग्रेसको जित

मुगु : मुगूम कार्मारोङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार छिरिङ क्याप्ने लामा विजयी भएका छन्। एक हजार पाँच सय ७१ मत ल्याएर उनी अध्यक्ष निर्वाचित भएका हुन् ।

नेकपा एमालेका उम्मेदवार सोनाम छिरिङ लामाले एक हजार चार सय ८१ मत पाए ।

उपाध्यक्षमा भने एमालेका छिरिङ पुटी लामा निर्वाचित भएकी छिन् । उनले एक हजार पाँच सय १६ मत पाएकी हुन् ।्

प्रकाशित मितिः   २ जेष्ठ २०७९, सोमबार १९:०६