दैलेखमा कांग्रेसले तीन पालिका गुमायो, नयाँ दुई थप्यो
सुर्खेत : स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले दैलेखका तीन वटा स्थानीय तह गुमाएको छ । अघिल्लो पटक कांग्रेसले जितेका जिल्लाका तीन वटा पालिकामा यसपटक पराजित भएको हो । गुराँस गाउँपालिकामा निवर्तमान अध्यक्ष खेमपराज ओली पराजित भए ।
यस्तै डुंगेश्वर गाउँपालिका र नौमुलेमा पनि कांग्रेसले हार बेहोरेको छ । डुंगेश्वरमा नेकपा(एमाले)ले जित्दा नौमुले माओवादीले जितेको छ । यी दुवै पालिकामा कांग्रेसबाट निवर्तमान अध्यक्षहरु नै पुनः उम्मेदवार बनेका थिए ।
कांग्रेसले अघिल्लो पटक जितेका तीन वटा पालिका गुमाए पनि नयाँ दुई वटा पालिकामा भने जित हात पारेको छ । भैरवी गाउँपालिकामा रिताकुमारी शाही र महाबु गाउँपालिकामा लक्ष्मण गुरुङ विजयी भएका छन् ।
जिल्लाका अन्य पालिकामा भने मतगणना जारी छ ।
प्रकाशित मितिः २ जेष्ठ २०७९, सोमबार १५:२०
साझा बिसौनी ।