कर्णालीमा कांग्रेस पछ्याउँदै माओवादी

सुर्खेत : कर्णाली प्रदेशका १९ वटा स्थानीय तहको मतगणना सम्पन्न भएको छ । दिउँसो ३ बजेसम्मको नतिजाअुसार नेपाली कांग्रेस शीर्ष स्थानमा छ । उसले आठ पालिका प्रमुख र नौ उपप्रमुख जितेको छ । कांग्रेसलाई नेकपा (माओवादी केन्द्र)ले पछ्याइरहेको छ । माओवादीले ६ पालिका प्रमुख र चारमा उपप्रमुख जितेको छ । तेस्रो स्थानमा रहेको नेकपा(एमाले)ले भने तीन वटा पालिका प्रमुख मात्रै जितेको छ । चार स्थानमा उपप्रमुख एमालेले जितेको हो ।

नेकपा (एकीकृत समाजवादी)ले दुई पालिकामा प्रमुख र दुईमा उपप्रमुख जितेको छ । दुइवटै पालिकामा निर्विरोध निर्वाचित भएका हुन् ।

कांग्रेसले जितेका पालिका प्रमुखहरु
१) खार्पुनाथ गाउँपालिका (हुम्ला)– कर्णबहादुर रावल
२) कुमाख गाउँपालिका (सल्यान)– मानबहादुर बुढाथोकी
३) त्रिवेणी गाउँपालिका (सल्यान)– खिमबहादुर रावत
४) भैरवी गाउँपालिका ( दैलेख)– रिताकुमारी शाही
५) कनकासुन्दरी गाउँपालिका(जुम्ला) – दामोदर आचार्य
६) महाबु गाउँपालिका(दैलेख) – लक्ष्मण गुरुङ
७) ठूलोभेरी नगरपालिका(डोल्पा) – स्वर्णबहादुर बुढा
८) हिमा गाउँपालिका(जुम्ला) – लक्ष्मण शाही

माओवादीले जितेका पालिका प्रमुखहरु
१) जगदुल्ला गाउँपालिका (डोल्पा) – नारासिङ रोकाय
२) मुड्केचुला गाउँपालिका(डोल्पा) – दत्तबहादुर शाही
३) नौमुले गाउँपालिका (दैलेख) – छविराम सुवेदी
४) ताँजाकोट गाउँपालिका (हुम्ला)– लालकेश जैसी
५) सानीभेरी गाउँपालिका(रुकुम पश्चिम) – बिर्खबहादुर विष्ट
६) नाम्खा गाउँपालिका(हुम्ला) – प्रेमबहादुर लामा

एमालेले जितेका पालिका प्रमुखहरु
१) शेफोक्सुण्डो गाउँपालिका (डोल्पा)– धावा सम्डुङ गुरुङ(निर्विरोध)
२) गुराँस गाउँपालिका (दैलेख) – टोपबहादुर बिसी
३) डुङ्गेश्वर गाउँपालिका (दैलेख)– सुन्दरकुमार केसी

एकीकृत समाजवादीले जितेका पालिका प्रमुखहरु
१) – काइके गाउँपालिका (डोल्पा)– अंगतकुमार राना (निर्विरोध)
२) – छार्काताङसोङ गाउँपालिका (डोल्पा)– सेनाङ गुरूङ (निर्विरोध)

 

प्रकाशित मितिः   २ जेष्ठ २०७९, सोमबार १५:०९