नाम्खामा माओवादी-कांग्रेस गठबन्धनको जित

हुम्ला : नाम्खा गाउँपालिकामा नेकपा(माओवादी केन्द्र) र नेपाली कांग्रेसको गठबन्धन विजयी भएको छ । अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार प्रेमबहादुर लामा विजयी भएका छन् ।

लामाले एक हजार चार सय ६६ मत पाएका । उनका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सूर्यबहादुर लामाले ६ सय ६२ मत पाए ।

उपाध्यक्षमा नेपाली कांग्रेसका दक्दिर लामा निर्वाचित भएका छन् । उनले ७ सय ६७ मत पाउँदा स्वतन्त्र उम्मेदवार लाक्पा नर्बु लामाले पाँच सय ६५ मत पाए ।

प्रकाशित मितिः   २ जेष्ठ २०७९, सोमबार १४:५५