डोल्पाको ठुलोभेरीमा कांग्रेसले जित्यो

डोल्पा : ठूलो भेरी नगरपालिकामा नेपाली कांग्रेसले जितेको छ । पालिकाको प्रमुखमा कांग्रेसका स्वर्णबहादुर बुढा विजयी भएका छन् । उनले एक हजार दुई सय ८६ मत पाए ।

निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी)का कर्णबहादुर रोकायाले नौ सय ४५ मत पाएका छन् ।

उपप्रमुखमा पनि कांग्रेसकै छिरिङ टोल्मा महतले आठ सय ४८ मत ल्याएर विजयी भएकी छन् ।

प्रकाशित मितिः   २ जेष्ठ २०७९, सोमबार १३:५७