दैलेखको महाबुमा कांग्रेसको जित

दैलेख – दैलखेको महाबु गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार लक्ष्मण गुरूङ विजयी भएका छन् । उनले दुई हजार नौ ७९ मत पाएका छन्।

नेकपा (एमाले)का उम्मेदवार हरिप्रसाद उपाध्यायले दुई हजार पाँच सय १९ मत पाएका छन् । नेकपा (एकीकृत समाजवादी)का जंगबहादुर शाहीले दुई हजार दुई सय ६८ मत पाएका छन्।

यस्तै उपाध्यक्षमा कांग्रेस मञ्जु पाण्डे निर्वाचित भइन् । उनले तीन हजार एक हजार ५५ मत ल्याएकी छन् ।

६ वडा रहेको महाबु गाउँपालिकामा तीन वडामा कांग्रेस, २ वडामा माओवादी र एक वडामा एमालेले अध्यक्ष जितेका छन् ।

प्रकाशित मितिः   २ जेष्ठ २०७९, सोमबार १३:४३