सानीभेरीमा माओवादीले जित्यो

रुकुम पश्चिम – सानीभेरी गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का बिर्खबहादुर विष्ट निर्वाचित भएका छन् । उनले ६ हजार १९ मत पाए ।

नेपाली कांग्रेसबाट अध्यक्षका उम्मेदवार गोरख चन्दले चार हजार तीन सय २० मत पाएका छन् ।

उपाध्यक्षमा पनि माओवादी केन्द्रकी कमला रोका निर्वाचित भइन् । उनले पाँच हजार नौ सय ५८ मत पाएकी हुन्। एमालेबाट उपाध्यक्षका उम्मेदवार प्रकाश खड्काले तीन हजार चार सय २० मत ल्याएका छन्।

सानीभेरी गाउँपालिकामा एमाले र कांग्रेसबीच गठबन्धन भएको थियो थियो ।

प्रकाशित मितिः   २ जेष्ठ २०७९, सोमबार १३:०१