कर्णालीमा कांग्रेस पहिलो, माओवादी दोस्रो

सुर्खेत : कर्णाली प्रदेशका १६ वटा पालिकाको मतगणना सकिँदा नेपाली कांग्रेस पहिलो स्थानमा छ । कांग्रेसले ६ वटा पालिकाको प्रमुख र  उपप्रमुख जितेको छ ।

दोस्रो स्थानमा नेकपा(माओवादी केन्द्र) छ । उसले पाँच पालिकाको प्रमुख र चारमा उपप्रमुख जितेको छ । नेकपा(एमाले)ले तीन वटा पालिकामा प्रमुख र चारमा उपप्रमुख जित्दा नेकपा (एकीकृत समाजवादी)ले दुई पालिकामा प्रमुख र दुईमा उपप्रमुख जितेको छ ।

कांग्रेसले जितेका पालिका
१) खार्पुनाथ गाउँपालिका (हुम्ला)– कर्णबहादुर रावल
२) कुमाख गाउँपालिका (सल्यान)– मानबहादुर बुढाथोकी
३) त्रिवेणी गाउँपालिका (सल्यान)– खिमबहादुर रावत
४) भैरवी गाउँपालिका ( दैलेख)– रिताकुमारी शाही
५) कनकासुन्दरी गाउँपालिका(जुम्ला) – दामोदर आचार्य
६) महाबु गाउँपालिका(दैलेख) – लक्ष्मण गुरुङ

माओवादीले जितेका पालिका
१) जगदुल्ला गाउँपालिका (डोल्पा) – नारासिङ रोकाय
२) मुड्केचुला गाउँपालिका(डोल्पा) – दत्तबहादुर शाही
३) नौमुले गाउँपालिका (दैलेख) – छविराम सुवेदी
४) ताँजाकोट गाउँपालिका (हुम्ला)– लालकेश जैसी
५) सानीभेरी गाउँपालिका(रुकुम पश्चिम) – बिर्खबहादुर विष्ट

एमालेले जितेका पालिका
१) शेफोक्सुण्डो गाउँपालिका (डोल्पा)– धावा सम्डुङ गुरुङ(निर्विरोध)
२) गुराँस गाउँपालिका (दैलेख) – टोपबहादुर बिसी
३) डुङ्गेश्वर गाउँपालिका (दैलेख)– सुन्दरकुमार केसी

एकीकृत समाजवादीले जितेका पालिका
१) – काइके गाउँपालिका (डोल्पा)– अंगतकुमार राना (निर्विरोध)
२) – छार्काताङसोङ गाउँपालिका (डोल्पा)– सेनाङ गुरूङ (निर्विरोध)

प्रकाशित मितिः   २ जेष्ठ २०७९, सोमबार ११:४८