कर्णालीमा कुन दलले कति पालिका जिते ?

सुर्खेत : कर्णाली प्रदेशका १३ वटा पालिकाको मतगणना सकिएको छ । मतगणनाको परिणामअनुसार नेकपा(माओवादी केन्द्र) र नेपाली कांग्रेस अगाडि छन् । दुवै दलले हालसम्म समान चार/चार पालिका जितेका छन् ।

नेकपा(एमाले)ले तीन वटा पालिका जितेको छ । जसमध्ये दुई वटा निर्वाचनबाट जितेको हो भने एउटामा निर्विरोध जित हात पारेको थियो ।
नेकपा(एकीकृत समाजवादी)ले प्रदेशका दुई वटा पालिकामा निर्विरोध जितेको थियो । त्यसबाहेक अन्य पालिकामा जित हात पार्न सकेको छैन ।

माओवादीले जितेका पालिका
१) जगदुल्ला गाउँपालिका (डोल्पा) – नारासिङ रोकाय
२) – मुड्केचुला गाउँपालिका(डोल्पा) – दत्तबहादुर शाही
३) – नौमुले गाउँपालिका (दैलेख) – छविराम सुवेदी
४) – ताँजाकोट गाउँपालिका (हुम्ला)- लालकेश जैसी

कांग्रेसले जितेका पालिका
१) – खार्पुनाथ गाउँपालिका (हुम्ला)- कर्णबहादुर रावल
२) – कुमाख गाउँपालिका (सल्यान)- मानबहादुर बुढाथोकी
३) – त्रिवेणी गाउँपालिका (सल्यान)- खिमबहादुर रावत
४) – भैरवी गाउँपालिका ( दैलेख)- रिताकुमारी शाही

एमालेले जितेका पालिका
१) – शेफोक्सुण्डो गाउँपालिका (डोल्पा)- धावा सम्डुङ गुरुङ(निर्विरोध)
२) – गुराँस गाउँपालिका (दैलेख) – टोपबहादुर बिसी
३) – डुङ्गेश्वर गाउँपालिका (दैलेख)- सुन्दरकुमार केसी

एकीकृत समाजवादीले जितेका पालिका
१) – काइके गाउँपालिका (डोल्पा)- अंगतकुमार राना (निर्विरोध)
२) – छार्काताङसोङ गाउँपालिका (डोल्पा)- सेनाङ गुरूङ (निर्विरोध)

प्रकाशित मितिः   २ जेष्ठ २०७९, सोमबार ०८:४९