त्रिवेणीमा कांग्रेसको जित

सल्यान : सल्यानको त्रिवेणी गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्ष  र उपाध्यक्ष दुवै कांग्रेसले जितेको हो । अध्यक्षमा खिमबहादुर रावत तीन हजार तीन सय ६९ मत पाए । दोस्नो स्थानमा रहेका  नेकपा (एकीकृत समाजवादी)का डिल्लीबहादुर केसीले दुई हजार १७ र एमालेका लोकेन्द्र सिंह खड्काले एक हजार सात सय ९६ मत पाएका छन् ।

उपाध्यक्षमा कांग्रेसकी सिता खड्का पुनले तीन हजार एक सय ८६ मत ल्याएर विजयी भइन् ।

प्रकाशित मितिः   २ जेष्ठ २०७९, सोमबार ०८:२२