मुड्केचुलामा दोहोरिए शाही

डोल्पा : जिल्लाको मुड्केचुला गाउँपालिकाको अध्यक्षमा दत्तबहादुर शाही दोहोरिएका छन् । दोस्रो कार्यकालयका लागि वैशाख ३० गते भएको निर्वाचनबाट उनी पुन: अध्यक्ष निर्वाचित भएका हुन् ।

शाही नेकपा(माओवादी केन्द्र)का उम्मेदवार हुन् । उनले एक हजार चार सय चार मत पाए । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका लंकबहादुर रोकायले एक हजार तीन सय ६७ मत पाएका छन् ।

उपाध्यक्षमा पनि माओवादीकै दुधाकुमारी रोकाय विजयी भएकी छिन् । रोकायले एक हजार चार सय ५८ मत पाएकी छिन् । एमालेकी सविताकुमारी रोकायले एक हजार दुई सय ९८ मत पाइन् ।

पालिकाका आठ वटा वडा माओवादीले जित्दा एमालेले एउटामा जित हात पारेको छ ।

प्रकाशित मितिः   २ जेष्ठ २०७९, सोमबार ०८:१६