डुङ्गेश्वरमा बहुमत वडासहित एमाले विजयी
दैलेख : दैलेखको डुङ्गेश्वर गाउँपालिकामा नेकपा (एमाले)ले जित हात पारेको छ । निवर्तमान अध्यक्ष नगेन्द्र मल्ललाई पराजित गर्दै एमालेका सुन्दरकुमार केसी विजयी भएका छन् । केसीले तीन हजार चार सय ६ मत ल्याउँदा मल्लले तीन हजार तीन सय ३६ मत पाए । उनी नेपाली कांग्रेसका उम्मेदवार हुन् ।
उपाध्यक्षमा एमालेकै कलावती न्यौपाने विजयी भएकी छन् । उनले तीन हजार पाँच सय ७७ मत पाइन् । कांग्रेसकी एलिजा कुमारी थापाले तीन हजार एक सय ५२ मत पाइन् ।
चार वटा वडा एमालेले जितेको छ भने कांग्रेस र माओवादीले १/१ वडामा जित हात पारे ।
प्रकाशित मितिः २ जेष्ठ २०७९, सोमबार ०७:४६
साझा बिसौनी ।