ताँजाकोटमा माओवादीका जैसी निर्वाचित

हुम्ला : ताँजाकोट गाउँपालिकामा नेकपा(माओवादी केन्द्र)का लालकेश जैसी विजयी भएका छन् । उनले एक हजार आठ सय १० मत पाएका छन् ।

एमालेका अजमल बुढाले नौ सय ९५ मत ल्याए ।

उपाध्यक्षमा कांग्रेसका सुरेन्द्रबहादुर थापा एक हजार तीन सय ९१ मतले निर्वाचित भएका छन् ।​ प्रतिद्वन्द्वी एमालेका रूपचन्द्र जैसीले चार सय ७७ मत पाए ।

ताँजाकोट गाउँपालिकामा माओवादी केन्द्र र कांग्रेसबीच गठबन्धन भएको थियो ।

यस्तै  १, २, ४ र ५ नम्बर वडाको अध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ भने वडा नम्बर ३ मा एमाले विजयी भएको छ।

प्रकाशित मितिः   १ जेष्ठ २०७९, आईतवार २०:०१