कुमाखमा कांग्रेस-एमाले गठबन्धनको जित

सल्यान : सल्यानको कुमाख गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा (एमाले)को गठबन्धन विजयी भएको छ ।

अध्यक्षमा कांग्रेसका मानबहादुर बुढाथोकी निर्वाचित भएका छन् । बुढाथोकीले चार हजार ५८ मत पाए । उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका डिल्लीराज जैसीले चार हजार १२ मत ल्याए ।

उपाध्यक्षमा एमालेका लालबहादुर रावत विजयी भएका छन् । उनले चार हजार एक सय ४३ मत पाउँदा माओवादीका धनसरा मल्लले तीन हजार नौ सय ४३ मत ल्याइन् ।

प्रकाशित मितिः   १ जेष्ठ २०७९, आईतवार २२:२०