पुन: मतदान भएपछि मात्रै सिम्ताको मतगणना गरिने
सुर्खेत : शुक्रवार मतदान स्थगित भएको केन्द्रमा पुन: मतदान भएपछि मात्रै सिम्ताको मतगणना हुने भएको छ । सिम्ता गाउँपालिका–१ खनेटास्थित भगवती माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा शुक्रवार विवाद भएपछि मतदान नै स्थगित भएको थियो।
उक्त वडामा पुनः मतदान भएपछि मात्रै मतगणना गरिने निर्वाचन अधिकृत नारायण सापकोटाले जानकारी दिए । निर्वाचन आयोगले मतदानको अर्को मिति तोक्नेछ ।
प्रकाशित मितिः ३१ बैशाख २०७९, शनिबार ०९:५९
साझा बिसौनी ।