सुरुवाती नतिजामा त्रीपक्षीय प्रतिस्पर्धा
सुर्खेत : कर्णाली प्रदेशका अधिकांश स्थानीय तहमा मतगणना सुरु भएको छ । शुक्रवार मतदान सम्पन्न भएपछि शनिवार विहानैदेखि मतगणना सुरु गरिएको हो ।
निर्वाचन आयोगका अनुसार प्रदेशका धेरैजसो पालिकामा मतगणना सुरु भइसके पनि केहीमा भने सुरु हुन सकेको छैन ।
मतगणनाको सुरुवाती नतिजाअनुसार कर्णालीमा त्रीपक्षीय प्रतिस्पर्धा देखिएको छ । नेकपा(एमाले), नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसबीच तीव्र प्रतिस्पर्धा भइरहेको छ । केहीमा एमाले, कतै माओवादी र कांग्रेसले अग्रता बनाएका छन् ।
पाँच वर्षअघिको निर्वाचन परिणामलाई आधार मान्दा कर्णालीमा तीन दलको शक्ति बराबरजस्तै छ । २०७४ को स्थानीय तह निर्वाचनमा प्रदेशका ७९ मध्ये एमालेले २७ पालिका र कांग्रेस तथा माओवादी केन्द्रले समान २५/२५ पालिका जितेका थिए ।
यसपटक भने एमालेबाट टुक्रिएर बनेको नेकपा(एकीकृत समाजवादी) पनि चुनावी प्रतिस्पर्धामा छ । प्रदेशका केही पालिकामा दलहरुबीच चुनावी तालमेल समेत भएको छ ।
प्रकाशित मितिः ३१ बैशाख २०७९, शनिबार १०:१०
साझा बिसौनी ।