कर्णालीका दुई वडामा माओवादी विजयी
सुर्खेत : नेकपा(माओवादी केन्द्र)ले कर्णाली प्रदेशका वडामा विजयी सुरुवात गरेको छ । ताजा मतपरिणामअनुसार प्रदेशका दुई वडामा वडामा माओवादी विजयी भएको छ ।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर १ मा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । ५६१ मतसहित टेकबहादुर पुन विजयी भएका छन् । कांग्रेसका खले पुनले २८१ मत आएको छ । उक्त वडाका अरु सदस्यमा पनि माओवादीकै उम्मेदवार विजयी भएका छन् । कालो पुन, मंगली कामी, विमला विक रोका र तुषा सुनार निर्वाचित भएका छन् ।
यस्तै सल्यानको कुमाख गाउँपालिका वडा नं. १ मा पनि माओवादी केन्द्रका डिल्ली राना विजयी भएका छन् । उनले ६ सय ८ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका प्रेमबहादुर बुढाथोकीले ४ सय ८० मत ल्याएका थिए । १ सय २८ मतको फरक पार्दै राना विजयी भएका हुन् । यस्तै महिला, दलित महिला र दुई खुला सदस्यमा पनि माओवादी केन्द्रका विजयी भएका छन् ।
प्रकाशित मितिः ३१ बैशाख २०७९, शनिबार ०९:१२
साझा बिसौनी ।