बालबालिकाको प्रयोग नगर्न अपिल

सुर्खेत: स्थानीय तह निर्वाचनमा बालबालिकालाई प्रयोग नगर्न अपिल गरिएको छ । बालअधिकारका लागि साझा अभियान कर्णाली प्रदेशले मंगलवार एक विज्ञप्ती जारी गर्दै यस्तो अनुरोध गरेको हो । प्रदेश अध्यक्ष टिकाराम आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा राजनीतिक दल र उम्मेदवारहरूले विभिन्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय कानुन एवम् आचारसंहिता विपरीत बालबालिकालाई प्रयोग गर्नु दुखद् भएको उल्लेख गरिएको छ । साथै निर्वाचनका गतिविधिमा बालबालिकाको दुरूपयोग अझ बढ्न सक्ने भन्दै कुनै पनि राजनीतिक दलले आफ्ना कार्यक्रममा बालबालिका प्रयोग नगर्न अपिल गरिएको छ ।

निर्वाचन वा कुनै पनि बहानामा बालबालिकाको प्रयोग भए÷नभएको अनुगमन गरी सम्बन्धित राजनीतिक दलहरूलाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउनका लागि निर्वाचन आयोगको ध्यानाकर्षण समेत गराइएको छ । बालअधिकार महासन्धी र नेपालको कानुनले समेत निर्वाचनमा बालबालिकाको प्रयोग गर्ने कार्यलाई बालबालिकाविरुद्धको कसुर मानेको स्मरण गराउँदै निर्वाचन आचारसंहिताले समेत १८ वर्ष नपुगेका बालबालिकाहरूलाई प्रयोग गर्न नपाउने स्पष्ट व्यवस्था गरिएको विज्ञप्तिमा जनाइएको छ । केही दिन अघि राजनीतिक दलका प्रदेशस्तरीय प्रतिनिधिहरूले चुनावमा बालबालिकालाई प्रयोग नगर्ने/नगराउने प्रतिबद्धतासमेत गरेका थिए । तर, दलहरूले बालबालिकालाई विभिन्न ¥याली तथा आमसभा र जुलुसमा प्रयोग गरेको पाइएको छ ।

प्रकाशित मितिः   २८ बैशाख २०७९, बुधबार ०५:०२