निमित्त निर्देशकमा खतिवडा
सुर्खेत: सुर्खेत आँखा अस्पताल निर्देशकको जिम्मेवारी डा. मनिस खतिवडालाई दिइएको छ । खतिवडाले मंगलवारदेखि निमित्त निर्देशकको जिम्मेवारी सम्हालेका छन् ।
अस्पतालका निर्देशक डा. शक्ति सुवेदी प्रमुख कन्सल्टेण्ट अप्थलमोलोजिष्ट एघारौं तहमा सिफारिस भएपछि उनले पदबाट राजीनामा दिएका थिए । सुवेदीको राजीनामापछि निमित्त निर्देशकको जिम्मेवारी खतिवडालाई दिइएको हो । खतिवडा विगत तीन वर्षदेखि सुर्खेत आँखा अस्पतालमा नेत्र विशेषज्ञको रूपमा काम गर्दै आएका छन् ।
प्रकाशित मितिः २१ बैशाख २०७९, बुधबार ०५:०२
साझा बिसौनी ।