भण्डारीद्धारा उम्मेदवारी फिर्ताको स्वघोषणा

सुर्खेत: बराहताल गाउँपालिका अध्यक्षका उम्मेदवार भिमबहादुर भण्डारीले उम्मेदवारी फिर्ताको घोषणा गरेका छन् । भण्डारीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए ।

आइतवार एक विज्ञप्ति जारी गर्दै उनले आफू उम्मेदवारका रूपमा निर्वाचनमा सहभागी नहुने जनाएका हुन् । साथै उम्मेदवारी फिर्ता लिएर नेकपा(एमाले)का उम्मेदवार घनश्याम पाण्डेलाई सहयोग गर्ने समेत उनले जनाए । एमालेका आधिकारिक उम्मेदवारलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता भएको स्वघोषणा गरेका हुन् । ‘मेरो आस्था र भरोसाको मूल पार्टी एमालेमा निशर्त फर्किएको छु’ विज्ञप्तिमा उल्लेख छ ।

भण्डारी नेकपा (एमाले) बराहताल गाउँपालिका कमिटिको सचिवालय सदस्य हुन् । पार्टीभित्र उम्मेदवार छनोट प्रक्रियामा असन्तुष्टि जनाउँदै उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए ।

प्रकाशित मितिः   १९ बैशाख २०७९, सोमबार ०५:०१