दलहरुलाई घरदैलोको चटारो

पुरानै आश्वासन, उस्तै प्रतिबद्धता

सुर्खेत: राजनीतिक दलहरू यतिबेला स्थानीय तहको निर्वाचनमा केन्द्रित भएका छन् । मतदानको मिति नजिकिँदै गर्दा उम्मेदवारलाई भोट माग्ने चटारो छ । वैशाख ३० मा हुने निर्वाचनमा आफ्नो पार्टी र उम्मेदवारको पक्षमा जनमत जुटाउन नेता कार्यकता चुनावी अभियानमा व्यस्त छन् । चुनावको मुखमा मतदाता फकाउन उम्मेदवारसहित घरदैलो सुरु भएको हो ।

केही उम्मेदवारले एकसरो मतदाता भेटिसकेका छन् भने कतिपय घरदैलो गर्ने तरखरमा छन् । विगतमा झैं यसपटक पनि उम्मेदवारहरू लिखित आश्वासन बोकेर मतदाताको घर आँगनमा पुगेका छन् । मतदाता रिझाउन आश्वासको नाम दिइएको छ, प्रतिबद्धता–पत्र ।

यसपटक सुर्खेतमा नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी ‐राप्रपा)ले चुनावी अभियानलाई अरु दलभन्दा अगाडि नै मतदातासम्म पु¥याएका छन् । नेपाली कांग्रेस, नेकपा ‐माओवादी केन्द्र) र नेकपा ‐एकीकृत समाजवादी) चुनावी तालमेलको अन्योलका कारण मतदातासम्म पुग्न ढिलो भएको छ । यद्यपि, यी दलहरूले पनि शनिवारदेखि चुनावी अभियानलाई अघि बढाएका छन् । तालमेल भएका ठाउँमा दलहरूका संयुक्त प्रतिबद्धता–पत्र बनेका छन् । एक्लैै चुनावमा भिडेका दलहरू आ–आफ्नै घोषणा–पत्र, सङ्कल्प र प्रतिबद्धता लिएर गाउँ पसेका हुन् ।

शुक्रवारको केन्द्रीय गठबन्धनको निर्देशनपछि सुुर्खेतमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भयो । वीरेन्द्रनगरमा पाँच दलीय गठबन्धनले छुट्टाछुट्टै रूपमा मनोनयन दर्ता गरेका थिए । शुक्रवार दुई दलबीच तालमेलको सहमति भएपछि केहीको उम्मेदवारी फिर्ता भएको छ । सुर्खेतका नौ वटै स्थानीय तहमा कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल गरिएको हो । सत्तारुढ गठबन्धनको एक घटक एकीकृत समाजवादीले भने सुर्खेतमा तालमेल गरेको छैन । एमाले र राप्रपा पनि एक्ला–एक्लै चुनावी मैदानमा होमिएका छन् । उम्मेदवारी दर्ता गरेदेखि नै घरदैलो थालेको एमालेले वीरेन्द्रनगर नगरपालिकाको प्रतिबद्धता–पत्र शनिवार सार्वजनिक गरेको छ । ‘स्थानीय सरकार एमालेको साथमा, विकास र समृद्धि जनताको हातमा’ भन्ने नारासहित सार्वजनिक भएको प्रतिबद्धतामा ‘एक घर एक महिला स्वरोजगार’, ‘एक घर दुई बिरुवा, हामी आफै कुरुवा’ जस्ता नाराहरू समेटिएका छन् । एमालेले नगर क्षेत्रभित्रका सडकहरूको स्तरोन्नति गरी नगरबस सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ । यस्तै, उपयुक्त स्थानमा विमानस्थलको सम्भाव्यता अध्ययन थालिने प्रतिबद्धतामा उल्लेख छ । ‘स्वास्थ्य, शिक्षा, पूर्वाधार र रोजगारीलाई प्रतिबद्धतामा समेटिएको छ,’ नगर प्रमुखका उम्मेदवार मोहनमाया ढकालले भनिन्, ‘हामीले गर्न सम्भव हुने र आवश्यक विषयहरूमा प्रतिबद्धता जनाएका छौँ ।’

एमालेले वीरेन्द्रनगरको खानेपानी तथा सरसफाइको समस्या तीन वर्षभित्र दीर्घकालीन रूपमा हल गर्ने बताइएको छ । त्यसका लागि भेरीको पानी लिफ्ट प्रविधिमार्फत वीरेन्द्रनगर उपत्यकामा ल्याउने जनाइएको छ । सहायक राजमार्गको विस्तृत परियोजना प्रतिवेदन बनाउनेदेखि वैकल्पिक बसपार्कको सम्भाव्यता अध्ययनसम्मका योजना अघि बढाइने एमालेका उम्मेदवारहरूको प्रतिबद्धता छ । साइबर कानुन निर्माण गर्ने र मेट्रिक ठेगाना प्रणाली लागू गर्नेजस्ता विषय पनि प्रतिबद्धता–पत्रमा समेटिएको ढकालले बताइन् । उनी भन्छिन्, ‘जनजीविकाका सवालसँगै हामीले पूर्वाधार र प्रविधिलाई पनि महŒव दिएका छौँ ।’ यस्ता प्रतिबद्धता अघिल्लो निर्वाचनमा पनि नआएका भने होइनन् । एमाले मात्रै होइन सबैजसो दलले २०७४ को निर्वाचनमा पनि यस्तै आश्वासन दिएर भोट लिए । तर, तीमध्ये केहीबाहेक अधिकांश प्रतिबद्धता कागजमै सीमित भए । गएको स्थानीय निर्वाचनमा वीरेन्द्रनगर नगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेका उम्मेदवारले जितेका थिए ।

उम्मेदवारको टुुँगो लागेसँगै कांग्रेस र माओवादी केन्द्रले ढिलागरी घरदैलो अभियान शनिवारबाट मात्र सुुरु गरेका छन् । नगर प्रमुखको उम्मेदवार कांग्रेस र उपप्रमुख माओवादीले पाएको छ । यी दुई दलबीच वडाहरूको तालमेल भने अझै मिलेको छैन । उम्मेदवारी आ–आफ्नै दिएपनि मिलाउने प्रयास भइरहेको कांग्रेस सुर्खेतका सचिव देवकुमार सुवेदीले बताए । उनका अनुसार कांग्रेसले पार्टीको घोषणा–पत्र सार्वजनिक गर्ने तयारी गरिरहेको छ । ‘वडाको टुुँगो लाग्न एक÷दुुई दिन लाग्ला,’ उनले भने, ‘तैपनि उम्मेदवारले घरदैलो अभियान थालिसक्नुु भएको छ । हामी छिट्टै वीरेन्द्रनगरको चुनावी प्रतिबद्धता सार्वजनिक गर्नेछौँ ।’ घर–घरमा भोट माग्न मात्र नभइ जनताका समस्या बुुझ्ने तरिकाले आफ्ना उम्मेदवारहरू गइरहेको उनको दाबी छ । चुनावी अभियान गठबन्धनको अलमलले गर्दा केही ढिला भएपनि अब भने तीव्रताका साथ अघि बढ्ने सुवेदी बताउँछन् ।

एकीकृत समाजवादीले पनि वीरेन्द्रनगर नगरपालिकाको प्रतिबद्धता–पत्र ल्याएको छ । एकीकृत समाजवादीका जिल्ला अध्यक्ष मोहन बडुवालले शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीलाई विशेष प्राथमिकतामा राखिएको बताए । समाजवादीको घोषणा–पत्रमा वीरेन्द्रनगरमा नगर मेडिकल कलेज स्थापना गर्नेदेखि मावि तहमा रात्रीकालीन पठन–पाठन सुरु गर्नेसम्मका योजना समेटिएको छ । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले वीरेन्द्रनगरका लागि आफ्ना प्रतिबद्धता–पत्र सार्वजनिक गरेको छ । राप्रपाबाट नगरप्रमुुखका उम्मेदवार बनेका मुुकुुन्दश्याम गिरीले सुुखी र खुसी नगरबासीको परिकल्पना गरेर प्रतिबद्धता–पत्र सार्वजनिक गरिएको जनाए । राप्रपाले उपत्यका नगर विकासलाई व्यवस्थित रूपमा सञ्चालन गर्नेदेखि विमानस्थल विस्तारलाई प्राथमितामा राखेर काम गर्ने प्रतिबद्धता गरेको हो । यही प्रतिबद्धता–पत्र लिएर घरदैलो गरिरहेको गिरीले बताए ।

प्रकाशित मितिः   १८ बैशाख २०७९, आईतवार ०५:०५