छोरीको सम्झनामा अक्षयकोष

साझा बिसौनी संवाददाता
सुर्खेत, १९ फागुन । 
भेरीगंगा नगरपालिका वडा नं. ११ निवासी एक दम्पतीले दिवंगत आफ्नी छोरीको सम्झनामा छात्रवृत्ति अक्षयकोष स्थापना गरेका छन् । जयबहादुर वली र अंगकुमारी वलीले आफ्नी माइली छोरी गीता वलीको नाममा अक्षयकोष स्थापना गर्नेे घोषणा गरेका हुन् । 
वली दम्पतीले बुधवार छोरीको १३ औं दिनको पूण्यतिथिका अवसरमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै एक लाख एक हजार एक सय ११ रूपैयाँ बराबरको अक्षयकोष स्थापना गर्ने घोषणा गरेका हुन् । स्थापना गरिएको अक्षयकोषबाट आउने ब्याजबाट शारदा उच्च माध्यमिक विद्यालय छिन्चुमा अध्ययनरत गरीब र मेहनती विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान जनाइएको छ ।