स्काई क्लब शीर्ष स्थानमा
साझा बिसौनी संवाददाता
सुर्खेत, १९ फागुन ।
साथी खोर्के युवा (स्काई क्लब) वीरेन्द्रनगरमा सञ्चालित एन्फा जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत समूह ‘ख’ को शीर्ष स्थानमा उक्लिएको छ । प्रतियोगितामा लगातार दोस्रो जीत हात पार्दै स्काई क्लब शीर्ष स्थानमा पुगेको हो । बुधवार भएको आफ्नो दोस्रो खेलमा स्काई क्लबले आरसी–३२ लाई २–० ले पराजित ग¥यो ।
स्काईको जीतमा विनोद गुरुङ्गले ३७ औं र युवराज गुरुङ्गले ६५ औं मिनेटमा गोल गरे । लगातार दोस्रो जीतसँगै उसले ६ अङ्क बटुलेको छ । उसको समूहमा शिवविहार युवा क्लब ३ अङ्कसहित दोस्रो स्थानमा छ भने सिद्धपाइला, जीवनज्योति र आरसी–३२ अङ्कविहीन छन् । उनीहरूले आ–आफ्नो पहिलो खेल गुमाएका छन् ।
त्यसैगरी बुधवार नै भएको दोस्रो खेलमा न्यू जेनेरेशन युवा क्लब र कालिमाटी युवा क्लबले २–२ को बराबरी खेल्दै अङ्क बाँडेका छन् । धर्मेन्द्र शाहीले खेल सुरु भएको ३० सेकेण्डमै गोल गर्दै न्यू जेनेरेशनलाई अग्रता दिलाएका थिए । विकास गुरुङ्गले ११ औं मिनेटमा एक थोल थप्दै टिमलाई २–० को अग्रता दिलाए । तर कालिमाटीका वीरबहादुर चौधरीले २४ औं र सञ्जय चौधरीले ३४ औं मिनेटमा एक÷एक गोल गर्दै खेललाई २–२ को बराबरीमा पु¥याए । निर्धारित समयमा दुवै टिमले थप गोल गर्न नसकेपछि एक÷एक अङ्क बाँड्न बाध्य भएका छन् ।
समूह ‘क’ मा ६ अङ्कसहित वीरेन्द्रनगर स्पोर्टस् क्लब शीर्ष स्थानमा रहँदा बावियाचौर युवा क्लब ३ अङ्कसहित दोस्रो र न्यू जेनेरेशन १ अङ्कसहित तेस्रो स्थानमा छन् भने कालिमाटी युवा क्लब र न्यू स्टार स्पोर्टस् क्लब अङ्कविहीन छन् । आज (बिहीवार) सिद्धपाइला युवा क्लब र जीवनज्योति युवा क्लब तथा बावियाचौर युवा क्लब र न्यू स्टार युवा क्लबबीच प्रतिस्पर्धा हुने सुर्खेत जिल्ला फुटबल संघका उपाध्यक्ष चन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
प्रकाशित मितिः २० फाल्गुन २०७२, बिहीबार १०:३०
साझा बिसौनी संवाददाता ।