वक्तृत्वकला सम्पन्न

साझा बिसौनी संवाददाता
सुर्खेत, १९ फागुन । 
श्री कृष्ण संस्कृत तथा साधारण उच्च माविमा ‘राष्ट्रिय एकता आजको आवश्यकता’ विषयमा वक्तृत्वकला प्रतियोगिता बुधवार सम्पन्न भएको छ । वक्तृत्वकलामा ११ जना सहभागी मध्येबाट प्रथम रामबहादुर थानी, द्वितीय ललित खत्री र चाँदनी शाही तृतीय स्थान भएका छन् । 
कार्यक्रममा विद्यालयका प्राचार्य गेहेन्द्रप्रसाद दहाल, मध्यपश्चिम विश्वविद्यालयका शिक्षा विज्ञान सङ्कायका शिक्षा विभाग प्रमुख चित्रबहादुर केसी, अन्य शिक्षक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो । 
प्रकाशित मितिः   २० फाल्गुन २०७२, बिहीबार १०:२७