सुर्खेतमा गठबन्धनबीच चुनावी तालमेल नहुने

सुर्खेत : सत्तारुढ गठबन्धनबीच सुर्खेतमा चुनावी तालमेल नहुने भएको छ । भागबन्डा नमिलेपछि दलहरु एक्ला-एक्लै चुनावमा जाने तयारीमा लागेका छन् ।

नेकपा (माओवादी केन्द्र) सुर्खेत इञ्चार्ज झकबहादुर मल्लले जिल्लामा पाँच दलीय गठबन्धनबीच तालमेलको सम्भावना समाप्त भएको बताएका छन् । उनले आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरूलाई एकल उम्मेदवारी दर्ता गराउने तयारीमा लाग्न आग्रह समेत गरेका छन् ।

तालमेलको सहमति जुटाउन केही दिनयता निरन्तर छलफल भएपनि प्रयास सफल हुन नसकेको हो । सहमति नहुने भएपछि गठबन्धनका सबै घटक दलहरु आ-आफ्नो उम्मेदवारी दर्ताको तयारीमा जुटेका छन् ।

मनोनयन दर्ताको आज अन्तिम दिन हो ।

प्रकाशित मितिः   १२ बैशाख २०७९, सोमबार ११:१२