कसैले बुझाएनन् हतियार

सुर्खेत: स्थानीय तह निर्वाचनलाई भयरहित बनाउन भन्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतले इजाजत लिएका हात हतियार प्रशासनलाई बुझाउन आग्रह गरेपनि हालसम्म कसैले बुझाएका छैनन् । इजाजतप्राप्त त्यस्ता हात हतियार कसैले पनि नबुझाएको प्रशासन कार्यालयले जनाएको हो ।

प्रशासनले चैतमा नै सूचना जारी गर्दै स्थानीय तहको निर्वाचन आउँदै गरेकाले उक्त निर्वाचन सम्पन्न भए प्रश्चात पुनः फिर्ता पाउने गरी प्रहरीलाई हतियार बुझाउन भनेको थियो । प्रशासन कार्यालयका अनुसार सुर्खेतमा जिल्लाभित्र एक सय र जिल्ला बाहिरबाट ३९ वटा हतियार इजाजत प्राप्त गरेर राखिएका छन् । तीमध्ये कुनै पनि हतियार प्रहरीलाई नबुझाइएको प्रशासनले बताएको छ । जिल्ला प्रशासन कार्यालयले चैत ७ गते सूचना जारी गरी इजाजत लिएर राखिएका हतियार प्रहरी कार्यालयमा १५ दिनभित्र बुझाउन अनुरोध गरेको थियो ।

प्रकाशित मितिः   ११ बैशाख २०७९, आईतवार ०५:०२