सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचन आज

सुर्खेत: सुर्खेत उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि आज (आइतवार) निर्वाचन हुँदैछ । वीरेन्द्रनगरस्थित सभाहलमा मतदान हुने निर्वाचन समितिले जनाएको छ । बिहान आठ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने छ ।

नेतृत्वका लागि दुई समूहबीच प्रतिस्पर्धा हुँदैछ । अध्यक्षका लागि यसपटक पनि नेपाली कांग्रेस निकट व्यवसायीहरू मैदानमा उत्रिएका छन् । कांग्रेस निकटका व्यवसायी छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानको नेतृत्व गरिरहेका छन् । अध्यक्षमा हर्षविक्रम खड्का र लक्षमण कँडेलले उम्मेदवारी दिएका छन् । यी दुवै कांग्रेस निकट व्यवसायी हुन् । खड्का पार्टीको संस्थापन समूह नजिक मानिन्छन् भने कँडेल संस्थापन इतर समूहका व्यवसायी हुन् । यसअघि खड्का संघको वरिष्ठ उपाध्यक्ष र कँडेल महासचिव थिए ।

खड्कालाई संस्थापन समूहका व्यवसायीसँगै नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) मा आवद्ध केही व्यवसायी तथा कतिपय पूर्वअध्यक्षहरूको साथ छ । संयुक्त व्यवसायी नामको प्यानल बनाएका कँडेललाई कांग्रेसभित्रको शेखर कोइराला समूहका व्यवसायी, एमाले निकट व्यवसायी र कतिपय पूर्वअध्यक्षहरूले समर्थन गरेका छन् ।

प्रकाशित मितिः   ४ बैशाख २०७९, आईतवार ०५:०१