उम्मेदवार सिफारिसमा सकस: कतै सर्वसम्मत, कतै मतदान

सुर्खेत: स्थानीय तहको निर्वाचनमा आकांक्षी धेरै हुँदा दलहरूलाई उम्मेदवार छनोटमा अप्ठ्यारो भएको छ । ठूला राजनीतिक दलमा उम्मेदवार सिफारिस र छनोटमा सकस बढी नै देखिएको छ । आकांक्षी व्यवस्थापन गर्न हम्मेहम्मे भएपछि कतै मतदान गरेर सिफारिस गर्न थालिको छ भने केहीमा स्थानीय कमिटीहरू अनिर्णित बनेका छन् ।

नेकपा ‐एमाले)ले वडादेखि पालिकासम्मका उम्मेदवार छनोटलाई तीव्रता दिएको छ । माथिल्ला कमिटीमा नामावली सिफारिस गरिरहेको एमालेमा आकांक्षी धेरै हुँदा कतिपय ठाउँमा मतदानमार्फत अगाडि आएका नाम सिफारिस भएका छन् । केहीमा भने सर्वसम्मतका लागि प्रयास जारी रहेको नेताहरूले बताएका छन् ।

उम्मेदवार बन्न चाहना राख्नेहरू बग्रेल्ती देखिएपछि नेपाली कांग्रेस र नेकपा ‐माओवादी केन्द्र) का सिफारिस प्रक्रिया प्रभावित भएका छन् । यी दलहरूमा पनि एकै पदका लागि दर्जन बढी आकांक्षी छन् । सुुर्खेत कांग्रेसका सभापति खड्ग पोखरेलले जिल्लाका ९९ वडा र नौ वटै पालिकाका उम्मेदवारको नाम सिफारिस नभएको बताए । उनका अनुसार सुर्खेत कांग्रेसमा पार्टीभित्रै पनि समस्या छ । उनी भन्छन्, ‘पार्टीमा कुुरा मिल्न सकेको छैन, त्यसमा पनि गठबन्धनको भागबन्डा छुुट्टै मिलाउनु पर्ने छ ।’ निर्वाचनको मिति नजिकै आइसक्दा पनि केन्द्रबाट ठोस निर्णय आइनसकेको पोखेलले बताए । गठबन्धको प्रष्ट निर्देशन पर्खिरहेका जिल्लास्थित नेताहरू उम्मेदवार चयन प्रक्रियामा अलमल परेका हुन् । सत्तारुढ गठबन्धनमा उम्मेदवारको तालमेल मिलाउन निकै सकस देखिएको हो ।

उम्मेदवारका आंकाक्षी र गठबन्धनभित्रको भागबन्डा व्यवस्थापन जटिल बन्दै गएको कांग्रेसका नेताहरूले बताएका छन् । निर्वाचन कार्यतालिका अनुसार वैशाख ११ र १२ गते मनोनयन दर्ता गर्नुपर्ने हुन्छ । एमालेजस्तै कर्णालीका हरेक जिल्लामा कांग्रेस र माओवादी केन्द्रमा पनि सहमति तथा निर्विरोध उम्मेदवार सिफारिस गर्न चुनौती छ । कांग्रेस दैलेखमा उम्मेदवार सिफारिसका छलफलहरूमा असन्तुष्टि व्यापक देखिएको बताइएको छ । दुुल्लू नगरपालिकाले वडामा गठबन्धनको बेवास्ता गर्दै आफ्नो दलबाट उम्मेदवारी सिफारिसको कसरत थालेको छ । त्यहाँ वडाहरूबाट वडाअध्यक्षको नाम सिफारिस गरेर माथिल्ला कमिटीमा पठाइएको हो । पालिका पदाधिकारीको विषयमा केन्द्रको निर्णय कुुरिरहेको स्थानीय नेताहहरूले बताउँछन् ।

दैलेख कांग्रेसका पार्टी सचिव खेमराज ओलीले गठबन्धनको जिल्लास्तरीय बैठक ‐आज शुक्रवार) बस्ने तयारी गरिएको जनाए । उनी भन्छन्, ‘अघिल्लो स्थानीय तहको चुनावमा निर्वाचित पालिका तथा वडामा कांग्रेसले दाबी गर्ने पक्का पक्की जस्तै भएको छ, सोहीअनुुरूप उम्मेदवारका नाम सिफारिस गरिनेछ ।’ विगतका निर्वाचनहरूको परिणामका आधारमा कांग्रेसले गठबन्धनभित्र दाबी गर्ने उनको भनाइ छ । दैलेखकै नारायण नगरपालिकाको प्रमुखमा कांग्रेसले १४ जना आकांक्षीको सूची तयार पारेको छ भने उपप्रमुखका लागि दुई जनाको नाम सिफारिस गर्ने तयारी छ । नगर कार्यसमिति बैठकले उम्मेदवारका दाबेदारहरूको नामावली संकलन गरेको हो ।

एमालेमा कतै मतदान, कतै सर्वसम्मत

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एमाले धमाधम उम्मेदवारको नाम सिफारिस गरिरहेको छ । सर्वसम्मत नभएका वडा तथा पालिकामा मतदान गरेरै भएपनि नाम सिफारिस गरिएको हो । दैलेखका ११ मध्ये आठ वटा पालिकाका उम्मेदवारका नाम सिफारिस भइसकेको जनाइएको छ । एमालेले ती स्थानीय तहका वडामा पनि कतै सर्वसममत र केहीमा एकै पदका लागि तीन÷चार जनाको नाम माथिल्ला कमिटीमा पठाएको छ । एमालेले दुुल्लू र आठबीस नगरपालिकामा निर्वाचनमार्फत नाम सिफारिस गरेको छ । दुल्लूमा नगर प्रमुुख पदका लागि ६ र उपप्रमुुखमा सात जनाले दाबी गरेका थिए । प्राप्त मतका आधारमा प्रमुुखमा रुद्र शाही र हर्क खड्कालाई सिफारिस गरिएको छ । त्यस्तै, उपप्रमुुखमा रेणुुका भट्टराई, विना कार्की र विष्णु थापाको नाम पठाइएको हो ।

एमालेले नारायण नगरपालिकामा प्रमुुख पदका लागि दुुई जनाको नाम चयन गरी रिफारिस गरेको छ । हाल जिल्ला समन्वय प्रमुुख रहेका प्रेम थापा र प्रदेश कमिटी सदस्य लोमन शर्माको नाम प्रमुखको उम्मेदवारका लागि सिफारिस गरिएको छ । त्यहाँ उपप्रमुुखका उम्मेदवार भने सर्वसम्मत रूपमा चयन गरिएको छ । नेतृ तप्ता थापालाई नगर उपप्रमुुखको उम्मेदवार बनाउन सिफारिस गरिएको हो ।

एमालेले दैलेखकै महाबुु गाउँपालिकामा अध्यक्षको उम्मेदवारका लागि दुुई जनाको नाम चयन गरेको छ । उक्त पालिकामा हरि उपाध्याय र मिनबहादुुर बुुढाको नाम सिफारिस गरिएको हो । उपप्रमुुखमा पनि दुुई जनाको नाम पठाइएको छ । दुुर्गा सिंह र लक्ष्मी कार्कीको नाम पालिकाबाट सिफारिस गरी पठाइएको छ । त्यसैगरी, एमालेले नौमुुले गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदका लागि सर्वसम्मत नाम पठाएको छ । अध्यक्षमा सशीराम विक र उपाध्यक्षमा गिता चन्द सर्वसम्मत सिफारिसमा परेका हुन् । भगवतीमाई गाउँपालिकामा पालिका अध्यक्षका लागि दुुई जनाको नाम सिफारिस भएको जनाइएको छ । यो पालिकामा शान्तिप्रसाद शर्मा र दानबहादुुर थापालाई एमालेले अध्यक्षको उम्मेदवारका लागि छनोट गरी सिफारिस गरेकोे हो । त्यहाँ उपाध्यक्षका लागि तीन जनाको नाम पठाइएको छ । डुुङ्गेश्वर गाउँपालिकामा अध्यक्षका लागि दुुई जनाको नाम सिफारिस गरिएको छ । चामुुण्डा बिन्द्रासैनी नगरपालिकामा नगर प्रमुुखका लागि एमालेले सूूर्यबहादुुर शाहीलाई सर्वसम्मत रूपमा अघि बढाएको छ । उपप्रमुुखमा दाबेदार धेरै भएकाले छलफलबाट मिलाउने प्रयास भइरहेको जनाइएको छ ।

त्यस्तै, आठबिस नगरपालिकाको प्रमुुखमा तर्क बढुुवाल र खड्गराज उपाध्यायको नाम सिफारिस भएको नगर कमिटीले जनाएको छ । आठबिसमा पनि एमालेले मतदानमार्फत छनोट भएका नाम सिफारिस गरेको हो । सो पदका लागि सात जनाको उम्मेदवारी परेको थियो । त्यसैगरी उपप्रमुुखको उम्मेदारमा तीन जनाको नाम सिफारिस भएको छ । चार जनाको उम्मेदवारी परेकोमा कल्पना थापा, जौधरा आचार्य र नामसरा कार्की मतदानबाट छनोट भएका थिए । गुुँरास, ठाटिकाँध र भैरवी गाउँपालिकामा उम्मेदवारका लागि नाम सिफारिस हुुन वा रहेको एमाले दैलेखका अध्यक्ष रविन्द्रराज शर्माले बताए । कतिपय पालिकामा आकांक्षी धेरै देखिएकाले निर्वाचन गर्नुुपर्ने अवस्था आएको उनी बताउँछन् । ‘उम्मेदवार सिफारिसका लागि निर्वाचन गर्ने प्रक्रिया कार्यकर्ताले स्वाभाविक रूपमा लिनुु भएको छ,’ उनले भने, ‘बाँकी रहेका तीन पालिकामा ४ गतेसम्म टुुङ्गो लगाउने गरी तयारी भइरहेको छ ।’ कालीकोटका नौ स्थानीय तहमध्ये नरहरिनाथ गाउँपालिकामा अध्यक्षमा टेकबहादुुर बुुढाको नाम सर्वसम्मत सिफारिस भएको छ । उपाध्यक्षमा तीन जनाको नाम पठाइएको छ । अन्य आठ पालिकामा एक÷दुुई दिनमा टुुङ्गो लगाइने कालीकोट एमाले अध्यक्ष जसीप्रसाद पाण्डेले जानकारी दिए । उनका अनुसार आकांक्षी धेरै भएपछि सिफारिस गर्न ढिलाइ भइरहेको छ ।

प्रकाशित मितिः   २ बैशाख २०७९, शुक्रबार ०५:०४