शिवरात्री मेलाको तयारी

सुर्खेत, २० फागुन । (साबिस)
यस वर्ष पनि वीरेन्द्रनगरको लाटीकोइलीमा शिवरात्री मेला लाग्ने भएको छ । हिन्दु धर्मावलम्बीहरूको पर्वको रूपमा रहेको शिवरात्रीको अवसरमा हरेक वर्षजस्तै यस वर्ष पनि मेला आयोजना गर्न लागिएको हो । मेला वीरेन्द्रनगर–१७ स्थित शिव मन्दिरमा मंगलवार लाग्ने जनाइएको छ । मेलाको आयोजना शिवविहार पुस्तकालयले गर्न लागेको हो ।  
शिवविहार पुस्तकालयका कोषाध्यक्ष सुरेश मानन्धरका अनुसार सुर्खेत जिल्लास्थित विभिन्न संघ–संस्था, व्यक्ति र लाटीकोइलीका स्थानीयवासीहरूबाट रकम र अन्य खाद्य वस्तुहरू सङ्कलन गरी महाशिवरात्री मेला सम्पन्न गर्ने र सो दिन दर्शन गर्ने आउने दशनार्थीहरूलाई प्रसादको व्यवस्थापन गरिनेछ । मानन्धरका अनुसार महाशिवरात्री मेलाका दिन विभिन्न समिति, उप–समितिहरू गठन गरी सयौंको संख्यामा स्वयम्सेवकहरू साथै सुरक्षाकर्मी समेत खटाइनेछ । त्यसैगरी मेलाको अवसरमा शिव मन्दिरदेखि काँक्रेविहारसम्म निःशुल्क यातायातको व्यवस्थापन गरिएको पुस्तकालयका सचिव सुनिलविक्रम जिसीले बताए । 
प्रकाशित मितिः   २१ फाल्गुन २०७२, शुक्रबार १०:२७