आर्मीसँग मध्यपश्चिम पराजित, एकै ओभरमा विनोदको ५ छक्का

बिनोद भण्डारीको विस्फोटक ब्याटिङको मद्धतले पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा त्रिभुवन आर्मीले मध्यपश्चिमाञ्चललाई ३० रनले हराएको छ। टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाउँदै १५७ रन बनायो। उसका लागि बिनोदले २३ बल खेल्दै नटआउट ६७ रन बनाए। उनले ८ छक्का र ३ चौका प्रहार गरे। अन्तिम ओभरसम्म क्रिजमा रहेको भण्डारीले अन्तिम ओभरमा मध्यपश्चिमका ललित प्याकुरेलको बलमा लगातार ५ छक्का प्रहार गरेका थिए।

आर्मीका लागि अनिल मण्डलले ४१ रनको पारी खेले । ४९ बलको सामना गरेका उनले ४ चौकाको मद्दतले विनोदलाई साथ दिएका थिए।
मध्यपश्चिमाञ्चलका सिद्धान्त राज शाहीले ४ ओभर बलिङ गर्दै १ मेडन राखेर ९ रन मात्र खर्चेर २ विकेट लिए। यस्तै ललितले पनि समान दुई विकेट लिएका थिए।

जवाफी ब्याटिङमा उत्रेको मध्यपश्चिमाञ्चलले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २७ रन मात्र बनाउन सक्यो। उसका लागि प्रज्वल शाहीले २९ तथा राजवीर सिंहले १९ बाहेक अन्यले गतिलो ब्याटिङ गर्न सकेनन्। आर्मीका विक्रम सोवले ३ तथा सागर पुनले २ विकेट लिए।