भुटानसँग प्रतिस्पर्धा गर्दै नेपाल

चौंथो दक्षिण एसियाली महिला फुटबल च्याम्पियनसिप  (साफ) मा नेपाल र भुटान प्रतिस्पर्धा गर्दैछन्। भारतको सिलगुढीमा  खेल सुरु भएको छ।

यसअघिका तीन संस्करणको फाईनलमा भारतसँग पराजित हुँदै उपविजेतामा सिमित नेपाल यसपटक उपाधि जित्ने लक्ष्यका साथ भारत पुगेको हो।

नेपालका प्रशिक्षक कुमार थापाले यसपटक नेपाली टोली उच्च तयारी र मनोबलका साथ प्रतियोगिता खेल्न लागेको र उपाधि जित्ने प्रयासमा रहने बताएका छन्।

प्रतियोगिताकै तयारी स्वरुप काठमाडौंमा खेलिएको मैत्रिपुर्ण अभ्यास खेलमा नेपालले मलेसियालाई १-० ले हराएको थियो।

नेपालले प्रतियोगिताको समुह चरणमा भुटानसँगै माल्दिभ्स र श्रीलंकासँग खेल्नेछ । अर्को समुहमा भारत अफ्गानिस्तान र बंगलादेश रहेका छन् ।

प्रकाशित मितिः   ११ पुष २०७३, सोमबार १४:४३