एमालेमै फर्किए गाउँपालिका अध्यक्ष

सुर्खेत: दैलेखको भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापा नेकपा ‐एमाले)मा फर्किएका छन् । गएको स्थानीय तह निर्वाचनमा एमालेबाट पालिका अध्यक्ष निर्वाचित थापाले पार्टी विभाजनपछि नेकपा ‐एकीकृत समाजवादी) रोजेका थिए । एकीकृत समाजवादीको प्रदेश कमिटी सदस्य तथा भगवतीमाई गाउँपालिका इन्चार्ज रहेका थापा शुक्रवार पुनः एमाले प्रवेश गरेका हुन् । उनलाई एमाले कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहले स्वागत गरेका छन् । भगवतीमाईमा थापासहित विभिन्न दल त्याग गरेर झन्डै एक सय जनाले एमाले प्रवेश गरेको अध्यक्ष शाहले जनाए । एमालेमा फर्किएका थापाले विगतमा समाजवादीमा जानुपर्ने बाध्यात्मक अवस्थाको सिर्जना भएपनि फेरि मूलघरमै फर्किएको जनाए । गाउँपालिका अध्यक्ष थापालाई पार्टी प्रवेश गराउँदै एमाले प्रदेश कमिटी अध्यक्ष शाहले एमालेको विकल्प अरु दल हुन नसक्ने भन्दै समाज परिवर्तनका अगुवाहरू एमालेमै रहनुपर्ने बताए ।

प्रकाशित मितिः   १९ चैत्र २०७८, शनिबार ०५:०२