प्रगतिशील प्राध्यापक संगठनमा कंडेल
सुर्खेत: नेकपा ‐एमाले) निकट नेपाल प्रगतिशील प्राध्यापक संगठन मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय कमिटीको अध्यक्षमा रामप्रसाद कंडेल चयन भएका छन् । शुक्रवार वीरेन्द्रनगरमा सम्पन्न संगठनको छैटौँ सम्मेलनले नयाँ कार्यसमिति छनोट गरेको हो । संगठनको उपाध्यक्षमा वेदप्रकाश ढकाल, सचिवमा युवराज पौडेल, सह–सचिवमा कमलराज लम्साल र कोषाध्यक्षमा दिनेश कंडेल चयन भएका छन् ।
त्यस्तै, क्षेत्रमणि तिमिल्सेना, त्रिभुवन विसी, सविता ढुंगाना र भिम रोकायलाई सदस्यमा चयन गरिएको छ । सम्मेलनले सात जनालाई संगठनको केन्द्रीय प्रतिनिधि छनोट गरेको छ । केन्द्रीय प्रतिनिधि छानिनेमा खेमराज रावत, तेजबिक्रम बस्नेत, नारायणनाथ योगी, विष्णुकुमार खड्का, सुशीलकुमार शाह, प्रविण भुसाल र पुष्पराज आचार्य रहेका छन् । सम्मेलन एमाले कर्णाली प्रदेश इन्चार्ज यामलाल कंडेलको प्रमुख आतिथ्यतामा भएको हो ।
प्रकाशित मितिः १९ चैत्र २०७८, शनिबार ०५:०१
साझा बिसौनी ।