साना किसान सहकारीको स्थापना दिवस

सुर्खेत: साना किसान कृषि सहकारी संस्था, वीरेन्द्रनगर–३ सुर्खेतले विभिन्न कार्यक्रम गरेर स्थापना दिवस मनाएको छ । आइतवार २६ औं स्थापना दिवस मनाइएको हो ।

दिवसको अवसरमा २१ जना ज्येष्ठ सदस्यहरूलाई सम्मान गरिएको छ । त्यसैगरी अन्तरसमूह हाजिरिजवाफ प्रतियोगिता आयोजना गरिएको थियो । जसमा समूह नं. २ का खगिसरा भण्डारी र सुशीला डाँगी प्रथम, समूह नं. ९ का योगमाया तिवारी र जीवन गौतम द्वितीय हुँदा मिना थापा खड्का र विद्यामाला भण्डारी तृतिय भएका छन् ।

यस्तै म्युजिकल चेयर प्रतियोगिामा शान्ता रोकाय प्रथम, मालती बोहोरा द्धितिय र तारा विष्ट तृतिय भए । गवरा फुटाउने खेलमा गंगाकुमारी बयलकोटी प्रथम, बालकुमारी थापा र मिना थापा खड्का तृतिय भएका छन् । यसैगरी एसईईमा उत्कृष्ट अंक ल्याउने मेलिना थापा, विवित देवकोटा र सागर बुढालाई पुरस्कृत गरिएको छ भने साना किसान लघुवित्त वित्तीय संस्थाको सहयोगमा फोहोर सुधार कार्यक्रम अन्तर्गत अनिता रिमाललाई ३० हजार र सुमन चौधरीलाई २० हजार नगद पुरस्कार प्रदान गरिएको छ ।

संस्थाका अनुसार वीरेन्द्रनगर नगरपालिकाको ५० प्रतिशत अनुदानमा उत्कृष्ट कृषकलाई १५ हर्षपावरको हलो प्रदान गरिएको छ । स्थापना दिवस संस्थाका अध्यक्ष चाँदनी ढकालको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रकाशित मितिः   १४ चैत्र २०७८, सोमबार ०५:०३