बालविवाह अन्त्यको रणनीतिमाथि छलफल

सुर्खेत: बालविवाह अन्त्यका लागि वीरेन्द्रनगरमा सरोकारवालाबीच छलफल गरिएको छ । बालविवाह अन्तयको ‘राष्ट्रिय रणनीति २०७२’ लाई परिमार्जन गर्नका लागि बँुुदागत टिप्पणी तथा सुझाव संकलन गरिएको हो । सर्वपक्षीय सुझावका आधारमा कर्णाली प्रदेशको बालविवाह अन्त्यका लागि रणनीति तयार पारिने बताइएको छ । बाल विवाह रोक्न गाउँस्तरमा सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्नेमा सहभागिको जोड छ । कार्यक्रम सहर केन्द्रित हुँदा ग्रामीण क्षेत्रका नागरिकले सहि जानकारी पाउन नसकेको सरोकारवालाहरूले बताएका छन् ।

छलफलमा उठेका विषयवस्तुलाई टिपोट गरेर रणनीति परिमार्जन गरिने सामाजिक विकास मन्त्रालयका सामाजिक सुुरक्षा तथा महिला विकास अधिकृत अनिता ज्ञवालीले बताइन् । ‘गाउँ स्तरसम्म यसको ब्यापक प्रचार हुुन सकेको छैन्, सबैको सल्लाह सुुझावको आधारमा नयाँ रणनीति तयार हुुनेछ ।’ छलफलका सहभागिले बालविवाह अन्त्य गर्न अभिभावकहरूमा पनि सचेतना आवश्यक रहेको आंैल्याएका छन् । आवाज संस्थाको सहजीकरण तथा केयरको आयोजनामा छलफल तथा सुझाव संकलन कार्यक्रम गरिएको हो । बालविवाह अन्त्यका लागि रणनीति तयार पार्दा सबै क्षेत्रको सुक्ष्म अध्ययन गर्नुपर्ने बताइएको छ । कार्यक्रममा दैलेख र सुर्खेतका जनप्रतिनिधि, अधिकारकर्मी र युवा सञ्जालका प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   १३ चैत्र २०७८, आईतवार ०५:०२