योजना बैठक सम्पन्न

सुर्खेत: नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का घटकहरूमध्येका तीन वटा घटक युनियनहरको योजना बैठक सम्पन्न भएको छ । इम्प्रेशन नेपाल, नाबुन र नेष्टकाको योजना बैठक शनिवार वीरेन्द्रनगरमा सम्पन्न भएको हो ।

समूहगत छलफलबाट तीन वटै घटक युनियनहरूको दुई वर्षे योजना तयार गरिएको छ । योजना बैठकले सदस्य विस्तार, संगठन पुर्नगठन, श्रम शिक्षा, सामाजिक सुरक्षा कोषमा आवद्धता र आगामी केन्द्रीय नीति तथा कार्यक्रमलाई प्राथमिकतामा राखी योजना बनाएको हो । बैठकमा नाबुनका तर्फबाट केन्द्रीय सचिव राधा श्रेष्ठ, इम्प्रेशनका तर्फबाट केन्द्रीय सदस्य निमबहादुर बुढा र नेष्टका तर्फबाट केन्द्रीय सदस्य देव कुमारी चन्दले आ–आफ्नो युनियनको दुई वर्षे योजना प्रस्तुत गरेका थिए ।

योजना बैठकलाई सम्बोधन गर्दै जिफन्ट कर्णाली प्रदेश अध्यक्ष तेजप्रकाश जि.सी.ले व्यक्तिवादी प्रणालीबाट आफूलाई परिवर्तन गरी सामूहिक प्रणालीमा रूपान्तरित हुन आवश्यक रहेको बताए । उनले विनास्वार्थ युनियनलाई गतिशीलता प्रदान गर्न निर्देशनसमेत दिए । व्यक्तिगत समयलाई त्याग गर्न सक्ने व्यक्ति नै संगठनको नेतृत्व हाक्न सक्ने धारणा जिसीको थियो ।

प्रकाशित मितिः   १३ चैत्र २०७८, आईतवार ०५:०१