महिला संघमा रावल

साझा बिसौनी संवाददाता
सुर्खेत, ३० चैत । 
नेकपा (मसाल) निकट अखिल नेपाल महिला संघ सुर्खेतको पाँचौं जिल्ला भेला मंगलवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । भेलाले कृष्णा रावलको अध्यक्षतामा ११ सदस्यीय कमिटी गठन गरेको छ । 
उपाध्यक्षमा मोतीसरा राना, सचिवमा गीता आचार्य, सह–सचिवमा मीरा थापा र कोषाध्यक्षमा जमुना देवकोटा चयन भएका छन् । यस्तै सदस्यहरूमा शान्ति बडुवाल, राजकुमारी सुनार, प्रेमा थापा, हिरा सुनार चयन भएका छन् भने सल्लाहकारमा बसन्ती जैसी र लालपुरा शाहीलाई चयन गरिएको नेकपा मसाल सुर्खेतका प्रवक्ता बालकृष्ण सुनारले जानकारी दिए ।